सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमानाका जमुनाहास्थित दशगजामा बनाइएको अस्थाई क्वारेन्टाइनमा राखिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका १८१ जनाले १४ दिन पुरा गरेपछि उनीहरुको बिहीवार आरडीटी प्रविधीद्वारा परीक्षण गरिएको हो ।
अब भारतबाट भित्रिएकाका लागि बनाइएको उक्त क्वारेन्टाइन खाली हुने भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाउने तयारी गरिएको छ ।
भारतका विभिन्न ठाउँबाट रोजगारी गरि फर्किएकाहरुलाई गाडीको प्रबन्ध गरि आ–आफ्नो गृहजिल्ला तर्फ पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
