नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

सदरलाइन संवाददाता १३ चैत्र २०७७, शुक्रबार १६:५१
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्न शुरु गरेको छ । नेपालगञ्जको रामलिला मैदानस्थित नारी विकास केन्द्रमा चैत ११ गतेदेखि शुरु सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चैत १८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखा प्रमुख लक्ष्मी चन्द शाहीका अनुसार एनिमल नेपालसँगको सहकार्यमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।


हालसम्म ९३ सामुदायिक कुकुरहरुको बन्ध्याकरण भईसकेको छ । एनिमल नेपालले शहरका विभिन्न ठाउँबाट कुकुरहरु जम्मा गरेर शिविरमा ल्याई बन्ध्याकरण गर्दै आएको छ ।

Next Post

राप्तीसोनारीका ३०७ लाई प्रशासनमा खानासहित नागरिकता 

१३ चैत्र २०७७, शुक्रबार १६:५१
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले राप्तीसोनारी गाउपालिकाका विपन्न तथा असाहे नागरिकलाई लक्षित गरी नागरिकता शिविर मार्फत नागरिकता वितरण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले सरकार र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन नागरिक कै घरदैलोमा सेवा दिने उदेश्यले राप्तीसोनारी गाउपालिकासंगको सहकार्यमा नागरिकता शिविरको आयोजना गरिएको बताए । उनीहरुलाई […]