नेपालगञ्ज उद्योग बाणिज्य संघमा समावेशीका चुन्ना विजयी

१३ माघ २०७६, सोमबार ०८:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगञ्जको व्यावसायीहरुको छाता संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अव्दुल वाहिद मन्सुरी चुन्ना विजयी भएका छन् ।

गत शनिबार सम्पन्न निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्दी साझा प्रजातान्त्रिक समुहका ललितकुमार रौनियारलाई २७६ मतान्तरले पछाडि पर्दै विजयी भएका हुन ।

चुन्नाले एकहजार ५ सय १० मत प्राप्त गरि अध्यक्षमा विजयी हँुदा प्रतिष्पर्धी ललितकुमार रौनियारले एकहजार २ सय ३४ मत प्राप्त गरेका थिए ।

१९ सदस्यीय कार्यसमितिमा चुन्ना वहुमतसहित विजयी भएका छन् ।


उपाध्यक्ष उद्योगमा समावेशी प्यानलका आदेशकुमार अग्रवालले एक हजार ३ सय ७३ मत प्राप्त गरि विजयी भए उनका प्रतिष्पर्धी तपेन्द्र शाहले एकहजार ३ सय ६७ मत प्राप्त गरे ।

उपाध्यक्ष वाणिज्यमा साझ प्रजातान्त्रिक प्यानलका अमित बस्नेतले एकहजार ४ सय ९१ मत प्राप्त गरी विजयी हुँदा प्रतिष्पर्धी समावेशी प्यनलका ज्ञानेन्द्रकुमार श्रेष्ठले एकहजार २ सय २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । खुला १२ सदस्य मध्ये समावेशी प्यानलबाट ८ र साझा प्रजातान्त्रिक प्यानलबाट ४ जना विजयी भएका छन् ।

यसैगरी एशोसिएट्सतर्फबाट साझा प्रजातान्त्रिक प्यानलबाट संजय अग्रवाल र समावेशी प्यानलबाट दिपेन्द्र विष्ट विजयी भए । यसैगरी वस्तुगततर्फ साझा प्रजातान्त्रिक प्यानलबाट सलाउद्धिन जसगढ १४ मत प्राप्त गरि विजयी भए भने साझा प्रजातान्त्रिक बद्री श्रेष्ठ र समावेशी प्यानलबाट भिमलाल कँडेलले १२/१२ मत प्राप्त गरेका थिए । तीन हजार ५० मतदाता मध्ये दुई हजार ७ सय ९० मत खसेको थियो । फोटो : लोकपृय सन्देशबाट 

Next Post

वडाध्यक्षसहित सोह्र जुवाडे नियन्त्रणमा

१३ माघ २०७६, सोमबार ०८:२८
सदरलाइनडटकम, कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडेलाई २२ लाख ८२ हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको नेतृत्वको टोलीले राति १० बजे अधिकारीको घरमा छापा मार्दा १६ जना जुवाडे र उनीहरुबाट २२ […]