बाँकेमा चैत २३ गतेदेखि टाइफाइडविरुद्धको खोप दिइने

सदरलाइन संवाददाता १८ चैत्र २०७८, शुक्रबार १६:१६
 

नेपालगञ्ज : बाँकेमा आगामी चैत्र २३ देखि २८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइदैँछ । सरकारले राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गरेपछि बाँकेसहित देशभर टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठका अनुसार १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइड विरुद्ध खोप लगाउने तयारी गरिएको छ ।


बाँकेमा यो उमेर समूहमा एक लाख ४८ हजार ९ सय ३३ जना बालबालिका छन् । स्कुललाई खोप केन्द्रको रूपमा विकास गरेर अघि बढिएको फोकल पर्शन श्रेष्ठले बताए ।

फोकलपर्सन श्रेष्ठका अनुसार दुई सयभन्दा बढी विद्यार्थी भएको स्कुललाई खोप केन्द्र तोकिएको छ । त्यसभन्दा कम विद्यार्थी भएको विद्यालयलाई नजिकको विद्यालयसँग जोडिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्य आरोपी बचाउन दबाव दिदै प्रहरी, सुरक्षा र न्यायका लागि भौतारिदै खाँ परिवार

१८ चैत्र २०७८, शुक्रबार १६:१६
डुडुवा (बाँके) : झोरा सामुदायिक बनमा सालको काठ काट्ने सामुदायिक बनका पदाधिकारीलाई अबैध रुपमा किन काठ काटेको भन्ने प्रश्न गर्दा कुटिएका बाँके डुडुवा–२ जाफरपुरवाका स्थानीय उपभोक्ता समेत रहेका पीडित मुजिबुर रहमान खाँको परिवारले न्याय नपाएको गुनासोसंगै असुरक्षा महशुस गरेका छन् । गत चैत्र ३ गते राती झोरा सामुदायिक बनबाट सालको […]