सदरलाइनडटकम,
नेपालगञ्ज : घुस रकमसहित बर्दियाका सहायक बन अधिकृत पक्राउ परेका छन् । बबई सब डिभिजन कार्यालय बर्दियामा कार्यरत सहायक बन अधिकृत आनन्दप्रसाद साह १० हजार घुस रकमसहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले उनलाई घुससहित सोमवार पक्राउ गरेको हो । उजुरीको आधारमा गएको अख्तियार टोलीले साहलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए ।

