वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने

सदरलाइन संवाददाता ५ बैशाख २०८०, मंगलवार १४:४६
 

काठमाण्डौ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

वैशाख कृष्ण औँसीका दिन अर्थात वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।


यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका एकसहित तीन जनामा कोरोना पुष्टि

५ बैशाख २०८०, मंगलवार १४:४६
नेपालगञ्ज : भारतबाट आएका तीन जनालाई कोरोना संक्रमण देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीका अनुसार मंगलबार भारतबाट आएका १ सय ३० जनाको जाँच गर्दा ३ जनामा कोरोना देखिएको छ । यस्तै, नेपालगञ्जमा पनि एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर […]