गौ हत्या नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई नरैनापुरको अनुरोध

सदरलाइन संवाददाता १२ जेष्ठ २०८०, शुक्रबार १५:२६
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नरैनापुर गााउपालिकाको शुक्रबार बसेको गाँउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरिन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्षसम्म गाँउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए ।

पालिकाको आज बसेको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाँउपालिकाले अनुरोध गर्नुका साथै जनतचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत खरालले बताए ।


नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्वहरुले एक पछि अर्को गर्दै नरैनापुरको सदभावलाई खलल पुर्याउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चलखेल गरी रहेको बताउदै गौ हत्या जस्तो जघन्य अपराधले गाँउपालिकालाई मर्माहित बनाएको बताए । उनले गौ हत्यामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारवाही गर्न सम्बन्धीत निकाय संग अपिल गरे ।

अध्यक्ष शाहले सर्वप्राणी रक्षार्थ लाग्न सबैसंग अपिल गर्दै स्थानीय सरकार राष्ट्रिय जनावरको रुपमा रहेको गाईका विषयमा गम्भीर रहेकोले आपराधिक कार्यलाई जाति धर्मसंग नजोडि मानवीय नाताले अपराध नियन्त्रण गर्न तर्फ लाग्न सम्बन्धित सबै पक्षसंग अपिल गरे ।

नरैनापुर गाँउकार्यपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मार्य, वडा सदस्यहरु र प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अतिक्रमित संरचनाहरु हटाउन दुई दिने अल्टिमेटम

१२ जेष्ठ २०८०, शुक्रबार १५:२६
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्र भित्रका अस्थायी संरचनाहरु दुई दिनभित्र हटाउन सुचना सार्बजनिक गरेको छ । सडक डिभिजन नेपालगञ्ज र कोहलपुर नगरपालिकाको सीमा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचनाहरु हटाउन दुई दिने अल्टिमेटम दिइएको हो । सडकको केन्द्रबाट दायाँबायाँ २५–२५ मिटरभित्र बनेका अस्थायी संरचना हटाउन लागेको छ । […]

सम्बन्धित