कस्तुरी विनासहित हुम्लामा एक जना पक्राउ

सदरलाइन संवाददाता ३ श्रावण २०८१, बिहीबार १२:५७
 

नरजंग तामाङ्ग
हुम्ला  :  कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नाम्खा गाउँपालिका–२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका–६ स्थित तामाङको घरबाट ३ सय ४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको हो ।


उनी दिल्ली हुँदै साउन १ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । बरामद गरिएको कस्तुरीको विनाको मुल्य ११ लाख रुपैयाँ जति पर्न आउने प्रहरी नायब उपरीक्षक खनालले बताए ।

बरामद गरिएको कस्तुरीको विना र तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब प्रहरी उपरीक्षक खनालले बताए । एनटिभि अनलाइनबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एकवर्षमा भएका १५८ वटा सडक दुर्घटनामा परेर ६६ जनाको मृत्यु

३ श्रावण २०८१, बिहीबार १२:५७
नेपालगञ्ज :  बाँकेमा एक वर्षको अवधीमा सडक दुर्घटनामा परेर ६६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार एक वर्षको अवधीमा २ बालक सहित ५० पुरुष र १६ महिला गरी ६६ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाएका हुन । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तथा ट्राफिक […]