नेपालगञ्ज : बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाललाई यस क्षेत्रका स्थानीयहरुले समर्थन गर्दै निर्वाचन सम्पन्न नभएसम्म कसैको चिया खाजा नखाने बताएका छन् ।
आसन्न मंसिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा बाँके क्षेत्र नं. २ का संघीय सांसद पदका हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल समेत मतदातालाई भेट्दै हिँडेका छन् ।
मत माग्ने क्रममा सोमवार बिहान आफ्ना चुनाव चिन्ह अर्ना सहित घरदैलोमा पुगेका शिवसेनाका हिन्दुवादी नेता खनाललाई बाँकेको क्षेत्र नं. २ का ग्रामिण क्षेत्रका मतदाताहरुले चुनाव सम्म आफुहरु कस्सिएर लाग्ने र कसैको चिया नखाने प्रण लिएका छन् । घरदैलोमा उम्मेदवार खनाल बेतहानी, डुडुवा खोला पारीका बाबागाँउ, दासपुर्वा, खडैचा, पिप्रहवा लगायत गाँउमा पसेका थिए र गाँउका स्थानियहरुले समर्थन गर्दै उनले उठाएका एजेण्डामा सहमती जनाएका छन् ।
.
उम्मेदवार खनालसंगै बाँकेको क्षेत्र नंं. २ प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार पनि आफ्नो चुनाव चिन्ह जेब्रासहित घरदैलोमा पुगेका थिए ।