२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

माघ मिलनमा थारु कलाकारको प्रस्तुती हुने



सदरलाइनडटकम,
खजुरा (बाँके) : नेपालगञ्जमा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । थारु समूदायको महान पर्व माघे सक्रान्ति (नयाँ बर्ष माघ) को अवसरमा नेपालगञ्जमा ‘माघ मिलन’ कार्यक्रम भव्य रुपमा मनाउने भएको छ ।
पुष २७ गते नेपालगञ्जमा ‘माघ मिलन’ कार्यक्रमको आयोजना गरी माघ मिलन (माघे सक्रान्ति) मनाउन लागेको हो । करीब १ दर्जन थारु समूदायका हक हित र अधिकारका क्षेत्रमा काम गर्ने थारु संघ–संस्थाको सयुक्त आयोजनामा ‘माघ मिलन’ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
‘माघ मिलन’ कार्यक्रममा थारु समुदायको सांस्कृतिक नाच जस्तै, झुम्रा नाच, लठ्ठहवा नाच, हुरदुङग्वा नाच, छोक्रा नाच, मयुर नाच, दफ नाच प्रस्तुत गरिनुका साथ राष्ट्रिय तथा स्थानिय थारु कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमले जनाएको छ । त्यस्तै, कार्यक्रममा थारु परिकारहरु, ढिक्री, घोँघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको झोलको स्वादसमेत लिन सकिने प्रचार प्रसार समितिका संयोजक भगतराम थारुले जानकारी दिए ।


कार्यक्रममा थारु कला संस्कृति र थारु समुदायको लागि योगदान पुर्याएका ४ जना व्यक्तित्वलाई सम्मानसमेत गरिने जनाईएको छ । कार्यक्रमको उद्घाटन राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गर्ने बताइएको छ । यस्तै कार्यक्रम उद्घाटन हुनभन्दा पहिले धम्बोझी चोकदेखि प्रभात फेरी समेत निकाल्ने आयोजकले जनाएको छ ।
धम्बोझीदेखि निस्कने प्रभातफेरी, सेतुविक चोक, न्युरोड, त्रिवेणीमोड, त्रिभुवन चोक हँुदै भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा पुग्ने आयोजक समितिकी संयोजक बासमति चौधरीले बताइन् ।

प्रकाशित मिति : २०७६ पुस २४ गते बिहीबार
ताजा समाचार