
सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटस्थित एक गाउँपालिकाका अध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको हो ।
विभिन्न उपभोक्तामार्फत सम्पन्न भएको सडक निर्माणको रकम भुक्तानीका लागि विलभरपाई पेश गर्दा घुस मागेको सूचनाका आधारमा केसीसँगै रहेका चन्द्रबहादुर बस्नेतलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।
दुबै जनालाई विरेन्द्रनगर नगरपालिका वडा नं. ७ कटकुवा हेल्थपोष्ट नजिकबाट शुक्रवार अपरान्ह सुर्खेतबाट पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


