२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

स्वास्थ्य क्षेत्रमा आपतकालिन अवस्थामा जोखिको सञ्चारबारे सुझाव संकलन कार्यशाला सम्पन्न



सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा आपतकालिन अवस्थामा जोखिम सञ्चार बारे रणनितिक कार्ययोजना निमार्ण गर्न आयोजित दुईदिने कार्यशाला नेपालगञ्जमा सम्पन्न भएको छ ।
विपदको बेलामा स्वास्थ्य संस्थाहरुबाट जोखिम अवस्थामा सूचना प्रवाह, अधिकारिकता तथा सञ्चार व्यवस्थापनका लागि उक्त कार्ययोजना तयार गर्र्ने पूर्वसन्यामा सो बारेमा सुझाव संकलन गर्न नेपालगन्जमा दुई दिने आपतकालिन अवस्थामा जोखिमको सञ्चार कार्यशाला सम्पन गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथ रोग नियन्त्रण महाशाखाद्धारा आयोजित कार्यशालामा विपदको बेलामा संचार क्षेत्रमा सूचना सम्प्रेषण, प्राविधिक ज्ञान, प्रवाह गर्नुपर्ने सूचनाको प्रशोधन, प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा स्वाथ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथ रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा विष्णु गौतम, विश्व स्वास्थ्य संगठनका डा. दिपेन्द्र गौतम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बहुक्षेत्रीय समन्वय शाखा प्रमुख समिर कुमार अधिकारीले सहजीकरण गरेका थिए ।
सो कार्यशालामा प्रदेश ५ अन्र्तगत स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासन, रेडक्रस र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ पुस २८ गते सोमबार
ताजा समाचार