२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

सफल अभिनेत्री बन्ने लक्ष बोकेकी सुनिता



ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित ‘मिस मिडवेष्ट’ को सातौ संस्करणको प्रतियोगी मध्येकी एक हुन  सुनिता तामाङ्ग । प्रतियोगी नं.४ बाट परिचित उनी बर्दिया डाँफे निवासी हुन । प्रतियोगी तामाङ्गको बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग गरिएका कुराकानीको सम्पादित अंश ।

रुचि

सानैबाट मोडल बनेर र्याम्पमा हिड्ने ईच्छा बोकेकी उनी मोडेलको रुपमा आफुलाई चिनाउदै मोडलिङमा रुचि राख्छिन ।

भ्रमण

धर्मकर्ममा विश्वास राख्ने सुनिता मनकामना घुम्न जान एकदमै मनपर्ने ठाँउ भएको बताउछिन । मनकामना जाँदा धर्म पनि हुने घुमघाम पनि हुने भएर होला सायद ।

खाना

खानामा अमिलो स्वाद मन पराउने सुनितालाई अमिलो स्वादले शरिरमा एकखालको उर्जा आउने विश्वास राख्छिन । तितौरा, अचार ईमली उनका मनपर्ने खानेकुुरा हुन ।

पहिरन

तामाङ्ग साँस्कृतिक पहिरन मनपार्ने सुनिताले अझसम्म  भने त्यसतो परिहन लगाउने साईत नजुरेको बताईन ।

सिनेमा

खासै सिनेमा हेर्न नरुचाउने उनको कुनै मनपर्ने सिनेमा भनेर लिस्टमा राखेकी छैनन् ।

अविस्मरणिय क्षण

आमाले जन्मदिनको अवसरमा विहानै एक पटक हलुकाको केक बनाएर सरप्राईज दिएको कुरा सुनितको लागि एकदमै अमुल्य र अविस्मरणिय क्षणको रुपमा लिने गरेकी छन् ।

लक्ष्य

मलाई भविश्यमा सफल अभिनेत्री बन्न मन छ । त्यसैको तयारी र सिकाईका लागि म यो प्रतियोगितामा भाग लिईरहेकी छु ।

प्रस्तुती  : लक्ष्मी तिमिल्सेना             

 फोटो  : पवन श्रोतिया  / ब्लु ओरिजन

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रबार
ताजा समाचार