नेपालगञ्ज महोत्सवको तयारी पुरा

१० पुष २०७६, बिहीबार १७:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म नेपालगञ्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सवको तयारी पुरा भएको छ । निर्वतमान शहरी विकास मन्त्री एवं बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद मोहम्मद ईस्तियाक राईले उद्घाटन गर्ने कार्यक्रम छ ।
महोत्सव उद्घाटन हुनुअघि शुक्रवार बिहान बिपीचोक आठ बजे भब्य सांस्कृतिक झाँकी शुरु हुने छ । महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समिति संयोजक रचना श्रेष्ठले बताइन् ।
यस क्षेत्रका घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको छ । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको यस महोत्सवले यस क्षेत्रको पर्यटनलाई समेत विकास गर्ने आशा गरिएको छ । भ्रमण वर्ष २०२० को प्रबद्र्धनमासमेत मदत पुग्ने छ । स्टलहरुमध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रबद्र्धनको लागि छुट्याईएको छ ।
महिला समिति अध्यक्ष मिना सुवेदी ढकालका अनुसार, महोत्सवमा उद्योग व्यावसायको प्रवद्र्धनको लागि विभिन्न स्टलहरु, सेल्फी प्वाईन्ट, सास्कृतिक कार्यक्रम, विद्यालयस्तरीय आईडललगायतका कार्यक्रम गरिँदै छ । महोत्सव सम्पन्न गर्नका लागि ८० लाख खर्च हुने र करीव १ करोड आम्दानी गर्ने लक्ष रहेको छ । टिकट विक्रि, स्टल, प्रायोजक, सहप्रायोजकबाट प्राप्त हुने सहयोगनै महोत्सवको आम्दानी हो ।
महोत्सवमा प्रवेशका लागि ६० र विद्यार्थी सहुलियत दर ४० रुपैयाँ तोकिएको छ । सञ्चारकर्मी, जेष्ठनागरिक, फरक क्षमता भएका व्यक्तिहरु उनीहरुको परिचयपत्रले नै प्रवेशको व्यवस्था मिलाइएको सचिवालय संयोजक सतिश अधिकारीले जानकारी दिए ।

Next Post

खजुरामा दोश्रो मेयर रनिङ सिल्ड प्रतियोगिता हुने

१० पुष २०७६, बिहीबार १७:३०
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा पुष २५ गतेदेखि अमर माबि गौतमवस्ती सि गाउँमा अन्तर बिद्यालय दोश्रो मेयर रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई ब्यवस्थित र भब्य बनाउन तयारीका बिभिन्न चरण शुरु गरिएको छ । तयारीकै क्रममा बिहीवार शिक्षा समितिको आयोजनामा भएको बैठकले बिभिन्न ५ […]

ताजा अपडेट