बाँकेमा दुई संक्रमित थपिए, दुई डिस्चार्ज

२७ असार २०७७, शनिबार १३:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना संक्रमितहरुको संख्या कम हुँदै गएको बाँकेमा शनिवार थप दुई जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको स्वाब नमूना परीक्षणमा दुई जनामा कोरोनाको पुष्टि भएको हो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राप्ती सोनारी गाउँपालिका वडा नं. ७ का ३२ र ३४ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यस्तै बाँकेमा शनिवार थप २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आइसोलेशन केन्द्र आदर्शनगर नेपालगञ्जबाट राप्तीसोनारी गाउँपालिका ८ का २५ वर्षीय पुरुष र आइसोलेशन केन्द्र पिपिरी कोहलपुरबाट कोहलपुर नगरपालिका ८ का ३५ वर्षीय पुरुष निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
योसंगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ३ सय ५० पुगेको छ । अब बाँकेमा २० जना मात्र आइसोलेशनमा छन् । जिल्लामा ३ सय ७२ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

Next Post

कोरोना पूर्णरुपमा अन्त्य नहुने डब्ल्युएचओको भनाई

२७ असार २०७७, शनिबार १३:३७
सदरलाइनडटकम, काठमाण्डौ : विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्णरुपमा अन्त्य हुन मुस्किल हुने बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताउनुभएको हो । जेनेभामा भएको अनलाइन सम्मेलनमा उहाँले अहिलेको स्थितिलाई हेर्दा भाइरस पूर्णरुपमा अन्त्य गर्न नसकिने भएकाले जहाँ […]