कोलम्बोमा शृखंलावद्ध बिस्फोट, मृतकको संख्या १४० पुग्यो

८ बैशाख २०७६, आईतवार १७:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : कोलोम्बोमा शृखंलावद्ध बम बिस्फोट भएको छ । आइतवार दिउँसो फेरि श्रीलंकाको राजधानीमा बम बिस्फोट भएको छ । स्थानीय समयअनुसार बिहान पौने ९ बजे कोलोम्बो र आसपासका तीन वटा चर्च र तीन वटा होटलमा बिस्फोट भएको थियो । ती ६ वटा बिस्फोटमा परी मर्नेको संख्या १४० नाघेको छ । सैयौं मानिस घाइते भएका छन् ।
बिहानको बिस्फोटको उद्धार र अनुसन्धान भइरहेका बेला दिउँसो दक्षिणी कोलोम्बोस्थित देहीवालाको एक होटलमा फेरि बिस्फोट भएको हो । उक्त बिस्फोटमा २ जनाको ज्यान गएको बताइएको छ । आइतबार बिहान इस्टर सन्डे मनाउन चर्चमा भेला भएका क्रिश्चियन धर्मालम्बीहरू र विदेशी बस्ने पाँच तारे होटललाई लक्षित गरी बिस्फोट गराइएको थियो । बिस्फोट कसले किन गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।
श्रीलंकामा भइरहेको शृखंलावद्ध बिस्फोटको विश्व समुदायले निन्दा र भत्र्सना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्फोटका घटनाबाट निकै मर्माहत भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै नेपालले आतंकवादका कुनै पनि रूपको निन्दा गर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलोम्बोमा भएको कायरतापूर्ण बिस्फोटको यो क्षेत्रमा कुनै स्थान नभएको उल्लेख गर्दै दोषीलाई कानुनी कठघरा ल्याउनु पर्ने बताएका छन् ।
(एजेन्सी)

Next Post

हेण्डबल : पुरुषतर्फ गण्डकी र एपिएफ, महिलातर्फ आर्मी र एपिएफ फाईनलमा

८ बैशाख २०७६, आईतवार १७:५४
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ अन्तरगत सोमवार विहान भएको महिला÷पुरुष हेण्डबलका सेमीफाईनल खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पुरुषतर्फको खेलमा गण्डकी प्रदेश र विभागिय टिम एपिएफ फाईनलमा प्रवेश गरेका छन् । यसैगरी महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफले फाईनलसम्मको यात्रा तय गरेका छन । पुरुष तर्फको पहिलो खेलमा […]

सम्बन्धित