शक्ति देखाउन नदीमा हाम फाल्नेको मृत्यु

१६ बैशाख २०७५, आईतवार १४:१५
 


सदरलाइनडटकम
१६ बैशाख, नेपालगन्ज :  बाजुराको जगन्नाथमा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेका छन् ।
नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।
प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् ।
उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

नरैनापुरको शैक्षिक विकास पहिलो एजेण्डा

१६ बैशाख २०७५, आईतवार १४:१५
सदरलाइनडटकम १६ बैशाख, नेपालगन्ज : नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बघौडाको शैक्षिक सुधार आफ्नो पहिलो एजेण्डा भएकाले शिक्षाको विकासका लागि कुनै कसर बाँकि नराख्ने दृढता व्यक्त गरेका छन् । वडा नम्बर ३ कालाफाँटामा सञ्चालनमा आएको ममता इङ्गलिश बोर्डिङ्ग स्कूलको उद्घाटन गर्दै अध्यक्ष शाहले बघौडा क्षेत्रको शैक्षिक विकास र गुणस्तर […]

सम्बन्धित