नियमित अधिवेशनबाटै सभामुख छानिने

२३ कार्तिक २०७६, शनिबार १८:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संघिय संसद प्रतिनिधिसभाका कार्यवाहक सभामुख डा. शिवमाया तुम्बाहाम्फेले नियमित अधिवेशनबाटै सभामुखको पदपूर्ती हुने बताएकी छन् ।
प्रेस संगठन बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका कार्यवाहक सभामुख डा.तुम्बाहाम्फेले सभामुखका लागि उपसभामुख पनि योग्य रहेको जनाउँदै उपसभामुखले पनि जिम्मेवारी पाएमा सभामुखको दायीत्व राम्ररी पुरा गर्न सक्ने बताईन ।
उनले संविधान बमोजिम नै अबको सभामुख र उपसभामुख फरक फरक दलबाट हुने बताउदै भनिन–‘अब सभामुखको चयन गर्दा संविधानलाई कार्यान्वयन गरेर मात्रै सोही बमोजिम अगाडि बढिने छ ।’
उनले सभामुख नहुँदा विद्येयक प्रमाणिकरण र संबैधानिक सिफारिसमा प्रभावित भएको भन्दै आफुले गर्न मिल्ने कि नमिल्ने भन्नेमा परामर्शमा रहेको जानकारी दिईन । उनले अहिलेसम्म १८ वटा विद्येयक पारित भई प्रमाणिकरण भएको र पाँच वटा विद्येयक प्रमाणित गर्न बाँकी रहेको उल्लेख गरिन ।
संसदको पाँचौ नियमित अधिवेशनबाट सभामुखको निर्वाचन गर्ने तयारी भैरहेको जनाउँदै कार्यवाहक सभामुख डा. तुम्बाहाम्फेले सो बारेमा प्रमुख प्रतिपिक्षी दल नेपाली काँग्रेस लगायत संसदमा रहेका अन्य दलहरुसंग छलफल भैरहेको जानकारी दिईन ।

Next Post

‘श्यामानन्द आर्ट एण्ड कल्चर फाउण्डेशन नेपाल’ स्थापनाको लागि तदर्थ समिति

२३ कार्तिक २०७६, शनिबार १८:३५
सदरलाइनडटकम, नेपालगञ्ज  :  कला, संस्कृतीलाई संरक्षण गर्ने उद्ेश्यले नेपालगञ्जमा ‘श्यामानन्द आर्ट एण्ड कल्चर फाउण्डेशन नेपाल’ नामक संस्थाको स्थापना गरिने भएको छ । सो संस्था निर्माणको लागि शनिबार भएको एक भेलाले बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी संरक्षक र सागर सिंह ठकुरी अध्यक्ष रहने गरी तदर्थ समिति निर्माण गरिएको छ । ‘श्यामानन्द […]