नेपालगञ्जमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको तीब्र तयारी

७ मंसिर २०७५, शुक्रबार १६:५३
 

सदरलाइनडटकम ,
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरको अगुवाईमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान ‘लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार’ भन्ने मूल नारासहित मनाउन तीब्र तयारी सुरु गरिएको छ ।
मंसिर ९ गते आईतबारदेखि २४ गतेसम्म नेपालगञ्जमा विविध कार्यक्रम गरि मनाईन थालिएको सो अभियान विभिन्न संघ सस्थासँग सहकार्य गर्दै सचेतनामुलक र प्रचारात्मक लगायतका कार्यक्रम गरिने तयारी गरिएको हो ।
सो अभियानको तयारीको लागि उप–महानगरद्वारा शुक्रबार नेपालगञ्जमा कार्यरत सरोकारवाला संघ संस्थासँग छलफलसमेत गरिएको छ । अभियान अन्तरगत नगरका सबै चोकमा व्यानर राख्ने, दिप प्रज्वलन, सेतो रिवन र पम्पलेट वितरण, सडक नाटक तथा भिडियो प्रदर्शनी, विद्यालयमा अभिमुखीकरण, चित्रकला, अन्तरक्रिया, रेडियो कार्यक्रम लगायतका गरिने उप–महानगरले जनाएको छ ।
उप–महानगरपालिकाका प्रमुख महिला विकास अधिकृत शोभा शाहले विभिन्न संघ संस्थासँगको साझेदारीमा लैगिंक हिंसाविरुद्धका कार्यक्रम गरिने छन् ।
उप–महानगर उपप्रमुख उमा थापामगरको अध्यक्षतामा भएको छलफलमा संघ संस्थाका तर्फबाट सहकार्यको प्रतिवद्धता पनि आएको बताईएको छ । लैगिक हिंसा सबैको साझा सवाल भएकाले अभियानमार्फत प्रभावकारी कार्यक्रम गरिने उप प्रमुख थापामगरले विश्वास व्यक्त गरिन ।
लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अंगे्रजी महिनाको नोभेम्बर २५ महिलाविरुद्धको अन्तर्राष्ट्रिय दिवसबाट शुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्म अभियान सञ्चालन गरिन्छ । फोटो स्केच गुगलबाट साभार

Next Post

कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाँकेको विभिन्न ठाउँमा मेला

७ मंसिर २०७५, शुक्रबार १६:५३
सदरलाइनडटकम, नेपालगञ्ज : कात्तिक शुक्ल पूर्णिमाका दिन शुक्रवार बाँकेको राप्ती नदीस्थित विभिन्न घाटमा मेला लागेको छ । नदीमा नुहाउनका लागि भक्तजनहरुको बिहीवार बेलुकीदेखिनै राप्ती नदीका घाटहरुमा घुईंचो लागेको थियो । शुक्रवार विहान ३ बजेदेखिनै स्नान गरी दान दिने र पूजाआजा गर्नेको ठूलो भीड लागेको थियो । कतिपयले स्नान गरी नदी छेउमा […]