सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा एक नेपाली लागु औषध स्म्याकसहित पक्राउ परेका छन् । आदर्श थाना रुपईडिहाले बिहीवार जाँचका क्रममा सुर्खेत सोमोटीका दिपेश सोमईलाई ५० ग्राम लागुऔषध स्म्याकसहित पक्राउ गरेको हो ।
रुपईडिहाका उपनिरीक्षक (सई) शेषमणि पाण्डेको नेतृत्वमा रहेको गस्ती टोलीले बिशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको बताइएको छ ।
गस्ती टोलीमा रामप्रसाद, सूरज चौधरी, जितेन्द्रकुमार तथा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का रंजितकुमार, राहुलकुमार, बिमलकुमारको संयुक्त टोलीले एसएसबी चेकपोष्टबाट सोमईलाई पक्राउ गरेको हो । सोमईलाई आवश्यक कारवाहीका लागि बहराईच चलान गरिएको रुपईडिहा प्रहरीले जनाएको छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)