सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालको विकासबारे जानकारी लिन दुई वर्षपछि पुनः नेपालगञ्ज आउने प्रतिबद्धता जनाएका छन् । सूचना प्रविधिको क्षेत्रमा अमेरिकाले नेपालगञ्जमा सहयोग गरेको छ ।
उपमहानगरपालिकामा बुधवार भएको अन्तरक्रियामा मेयर डा. धवल शमशेर राणा र उपमेयर उमा थापाले यहाँको अवस्थाबारे जानकारी दिएका थिए । यही क्रममा मेयर राणाले दुई वर्ष नेपालगञ्जमा धेरै सुधार हुने भएकाले अवलोकनका लागि आउन आमन्त्रण गरे ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा डिजिटल सेवाको शुभारम्भ कार्यक्रममा राजदूत बेरीले दुई वर्षपछि फर्केर नेपालगञ्ज आउने प्रतिबद्धता जनाए । वडा अध्यक्ष दिपक वर्माका अनुसार डिजिटल डिस्प्ले बोर्डमार्फत सेवाग्राहीलाई उपमहानगरपालिका र वडा कार्यालयबाट हुने काम कारबाही तथा गतिविधि सार्वजनिक गरिनेछ ।
