ट्राफिक प्रहरीद्वारा लापसे जाँचमा कडाई

सदरलाइन संवाददाता २७ आश्विन २०८०, शनिबार १४:२०
 

नेपालगञ्ज : जिल्ला ट्राफिक कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्जले चाडवाडमा हुने दुर्घटना न्युनिकरण अभियानअन्तर्गत बाँकेका बिभिन्न स्थानमा लागु पदार्थ सेवन जाँचलाई कडाई गर्न थालेको छ । जिल्ला ट्राफिक प्रमुख गोपिकृष्ण सुवेदी र लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्जका बरिष्ठ हवलदार जोगिलाल परियारसहितको संयुक्त टोलीले कोहलपुर १० हास्कुलमा लागु पदार्थ सेवन गरे नगरेको चेक जाँचका क्रममा ७ जना लागु पदार्थ दुब्र्यसनिहरुलाई पक्राउ गर्न सफल भएको छ ।

२ जनालाई लागु पदार्थ सहित पक्राउ परेका छन् भने अन्य ५ जना सेवनकर्ता फेला परेको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपि कृष्ण सुबेदीले जनाएका छन् । यसरी लागु औषधसहित पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ बस्ने बर्ष २२ का शंकर महतरा र बैजनाथ गाउपालिका वडा नं. १ का बर्ष २१ का जिवन नेपाली रहेका छन् ।

उनीहरुको साथबाट केहि मात्रामा ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । महतरा बिद्यार्थी हुन भने नेपाली अटो चालक हुन उनीहरुले सप्लाईकर्ताको रुपमा काम गर्ने सव डिलर हुन सक्ने प्रहरीले आशंका गरेको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरले अदालतबाट म्याद ल्याई मुद्दासहित थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।


लागु औषध सेवन गरे नगरेको किट मार्फत चेकजाँचका क्रममा अन्य ५ जना सेवनकर्ता भएकाले निजहरुलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ । बाँके ट्राफिक प्रहरीका अनुसार किट मार्फत जाँच गर्न अत्यन्त भरपर्दो र प्रभावकारी बिधि भएपनि पर्याप्त मात्रामा किट उपलब्ध हुन नसक्दा ट्राफिक प्रहरीले सोचेको जति उपलब्धि प्राप्त गर्न नसकेको भन्दै सरकारले प्रयाप्त मात्रमा किट उपलब्ध गराए लागु औषध नियन्त्रण प्रभावकारी रुपले अगाडि बढने ट्राफिक प्रहरीको दावि रहेको छ ।

चाडपर्वका बेला मापसे र लापसे गर्नेहरु अत्याधिक रुपमा हुने गरेको तथ्यलाई टेकेर ट्राफिक प्रहरीले चाडबाडका बेला चालक सहचालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे किट मार्फत चेक गर्ने अभियानलाई अगाडि बढाएको हो । यसरी चेकजाँच गर्दा एकातिर दुर्घटना न्युनिकरण हुने र हर्को तिर लागु पदार्थ सेवनकर्ता सप्लायकर्ताको समेत पहिचान भई गाउ बस्तिमा हुने संभाबित अपराधका घटनाहरु समेत न्युनिकरण हुने ट्राफिक प्रहरी बाँकेले विश्वास ब्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नमुना विद्या सदनमा नवआगन्तुक विद्यार्थीको स्वागत

२७ आश्विन २०८०, शनिबार १४:२०
कोहलपुर (बाँके) : बिद्यार्थीहरुका लागि आकर्षक शैक्षिक गन्तब्य बन्न सफल कोहलपुर ८ मा रहेको नमुना विद्या सदनमा अध्यनका लागि आएका नव आगन्तुक बिद्यार्थीहरुलाई एक बिशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको छ । विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले कक्षा ११ मा अध्यन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुलाई सांस्कृतिक, साहित्यिक खुराकहरु […]