जानकी गाउँपालिकाले भूकम्पपीडितलाई राहत उपलब्ध गराउने

सदरलाइन संवाददाता २० कार्तिक २०८०, सोमबार १७:२४
 

जानकी (बाँके) : जानकी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि राहत उपलव्ध गराउने निर्णय गरेको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षती भएकोले जानकी गाउँपालिकाले कार्यपालिकाको बैठकबाट पछि अनुमोदन हुने गरी हाललाई दुई लाख दिने निर्णय गरेको हो ।

भूकम्पमा परी ठूलो धनजनको क्षती भएकोमा आफू पनि दुःखी भएको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि तत्काल २ लाख राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको अध्यक्ष खाँले बताए ।


कार्तिक १७ गते राती जाजरकोट केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण जाजरकोट जिल्ला र रुकुम पश्चिममा ठूलो धनजनको क्षती भएकोले उक्त क्षतीमा केही राहत होस् भनेर जानकी गाउँपालिकाबाट पनि हाललाई जाजरकोट र रुकुम पश्चिम दुबै जिल्लाको लागि एक/एक लाख गरी २ लाख रुपैँया गाउँपालिकाले पछि कार्यपालकाको बैठकबाट अनुमोदन हुने गरी जिल्ला विपद व्यवस्थापन कोषमा नगद उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार अपरान्ह बाँकेमा पनि भुकम्पको धक्का महशुस

२० कार्तिक २०८०, सोमबार १७:२४
नेपालगञ्ज : जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर ५.८ रेक्टरको परकम्प गएको छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा ५.८ रेक्टर स्केलको परकम्प गएको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जानकारी दिए । उक्त पराकम्पको धक्का बाँके लगायत आसपासका जिल्लामा समेत महशुस गरिएको छ । उनका अनुसार यो जाजरकोट भूकम्पको सबैभन्दा ठूलो परकम्प […]