विद्युत प्रशारण विस्तार विवाद साम्य

२४ मंसिर २०७६, मंगलवार १९:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोहलपुर–धामपुर विद्युत प्रशारण लाईन बिस्तारमा देखिएको विवाद साम्य भएको छ । सम्वाद समूह, बाँकेको सहजीकरणमा मंगलवार वडा कार्यालयमा गरिएको सम्वाद प्रक्रियापछि सहमती कायम गरिएको हो । कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको कार्य भइरहेका बेला कोहलपुर नगरपालिका वडा नम्वर १० चटारमा करिव दुई हप्तादेखि स्थानीयले अवरोध गर्दै आएका थिए ।
जनप्रतिनिधी, सरोकार निकाय, स्थानीय भद्र भलादमी समेतको उपस्थितीमा भएको सम्वादमा स्थानीयले विद्युत विस्तारमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेपछि रोकिएको काम पनि मंगलवारबाटै शुरु भएको हो । वडा कार्यालय र प्राधिकरणको प्रयासले सार्थक उपलव्धी नपाइरहेका बेला समूहको पहलमा विवादले निकास पाएको हो ।
बाँकेको बिकट मानिने राप्तीपारी क्षेत्रमा विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुरबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको धामपुर सवस्टेशनसम्म ४५ किलोमिटर दुरिमा ३३ केभी लाईन बिस्तार गरिरहेको छ । कोहलपुर सवस्टेशन नजिकै चटार गाउँ सडक किनारबाट लाईन बिस्तार गर्न खोज्दा मंसीर १० गतेदेखि विस्तारको काम रोकिएको थियो । लामो समयदेखि ठेकेदारले अलपत्र पारेको ठेक्का तोडेर नेपाल विद्युत प्राधिकरणले लाईन बिस्तार गरिरहेको हो ।
चटार क्षेत्रमा ४ वटा मात्रै पोल गाड्नुपर्ने स्थिती रहेका बेला स्थानीय ६५ जनाले घनावस्ती भएको कारण देखाउँदै अन्यत्रबाट तार तान्न माग गर्दै मंसीर १३ गते वडा कार्यालयमा निवेदन समेत दिएका थिए । विद्युत विस्तार विवादको प्रारम्भिक अध्यन, विश्लेषण र स्थलगत भेटवार्तामार्फत सम्वाद प्रक्रियालाई टुंगोमा पुर्याइएको सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिए ।
यस्तै नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका सुपरभाइजर सन्तोष वाग्लेले सबैको सहमतीमै विस्तारको काम बढाइएको बताए । सम्वाद प्रक्रियामा समूहका सदस्य फणा शर्मा, ललिता चौधरीले सहजीकरण गरेका थिए । नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनिन्द्र ठाकुरले धामपुरबाट नरैनापुर जोड्ने ११ केभी प्रशारण लाईनको काम पनि शुरु भएको बताए । ठाकुरका अनुसार नरैनापुरको गंगापुरदेखि कटकुईयासम्मको क्षेत्रमा विद्युतीकरणको काम पनि भइरहेको छ ।

Next Post

जन्मदिनको अवसरमा क्याम्पस हाता भित्र बृक्षारोपण

२४ मंसिर २०७६, मंगलवार १९:०१
सदरलाइनडटकम, नेपालगञ्ज  :  अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले आफ्नो जन्मदिनको अवसरमा महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जको हाता भित्र विभिन्न प्रजातिका विरुवा रोपिएको छ । सो अवसरमा क्याम्पस प्रमुख गणेशकुमार रेग्मी, अखिल केन्द्रीय सदस्य तुलसीमणी केसी, मब क्याम्पस एकाई समितिका उपाध्यक्ष ध्रुब जोशी, र अनेरास्ववियुका सचिव प्रकाश बिक लगायतको उपस्थितिमा बृक्षा रोपण […]

सम्बन्धित