कौसिल्या अस्पतालमा बिहीवार निःशुल्क विशेषज्ञ परामर्श सेवा

सदरलाइन संवाददाता १२ आश्विन २०७९, बुधबार १३:१७
 

नेपालगञ्ज : विश्व मुटु रोग दिवसको अवसरमा बाँकेको कोहलपुरस्थित कौसिल्या अस्पतालले प्रेसर र सुगर सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा दिने भएको छ ।

यसपालिको विश्व मुटु रोग दिवस भोलि विहीबार मनाईंदैछ । अस्पतालले बिहीवार प्रेसर र सुगर सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा दिन लागेको अस्पतालका निर्देशक राम न्यौपानेले बताए ।

मुटु स्वास्थ्यबारे पूर्व जानकारी दिने र सचेतना फैलाउने उद्देश्यले प्रेसर र सुगर सम्बन्धी एक दिने निःशुल्क विशेषज्ञ परामर्श सेवा दिन लागिएको न्यौपानेको भनाइ छ ।


अस्पतालले यसअघि पनि यस्ता दिवसहरुमा विभिन्न खाले स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । एक साता अघि पनि अस्पतालले प्रसूति तथा स्त्री रोग सम्वन्धी ८ दिनसम्म निःशुल्क चेकजाँच र परामर्श शिविर राखेको थियो ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत सम्झेर बेला बखत विभिन्न रोगहरुको बारेमा उपचार, निदान र परामर्शका कार्यक्रमहरु राख्ने गरिएको पनि न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा जीप दुर्घटना, बालकसहित ८ जनाको मृत्यु

१२ आश्विन २०७९, बुधबार १३:१७
सल्यान : सल्यानको मुलपानीमा जीप दुर्घटना हुँदा बालकसहित ८ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राती १२ बजे इन्ट्रि गरेर सल्यानतर्फ हिँडेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा मंगलवार राती सवा १ बजेतिर दुर्घटनामा परेको थियो । […]