जन्मदिनको अवसरमा क्याम्पस हाता भित्र बृक्षारोपण

२४ मंसिर २०७६, मंगलवार २२:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : 
अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले आफ्नो जन्मदिनको अवसरमा महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जको हाता भित्र विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
सो अवसरमा क्याम्पस प्रमुख गणेशकुमार रेग्मी, अखिल केन्द्रीय सदस्य तुलसीमणी केसी, मब क्याम्पस एकाई समितिका उपाध्यक्ष ध्रुब जोशी, र अनेरास्ववियुका सचिव प्रकाश बिक लगायतको उपस्थितिमा बृक्षा रोपण कार्यक्रमको आयोजना गरिएको थियो ।
सो अवसरमा हेमन्तराज काफ्लेद्वारा उपहार स्वरुप दिइयको अमला, जामुन, निम र बेलको विरुवा रोपिएको थियो । अध्यक्ष शाहले आफ्नो जन्मदिनमा सकारात्मक सन्देस दिनको लागि सामाजिक कार्य गर्नको लागि आफु लागि परेको बताए ।


Next Post

एघारौं क्रिसा रनिङ्ग शिल्ड आजदेखि शुरु

२४ मंसिर २०७६, मंगलवार २२:४५
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा बुधवारबाट ११औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले आयोजना गरेको रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गरेका थिए । उद्घाटन गर्दै मन्त्री बरालले नेपालको शैक्षिक विकासका लागि संस्थागत […]