शिक्षक संघर्ष समितिले बुझायो विरोध पत्र

१३ चैत्र २०७५, बुधबार १४:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अस्थायी शिक्षक संघर्ष समिति बाँकेले शिक्षा विकास तथा समन्वय ईकाई बाँके मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विरोध पत्र पठाएको छ । शिक्षा ऐन २०२८ को नवौ संशोधनको दफा ११ च उपदफा ९ कार्यान्वयन हुन नसकेको र उपदफा १० हाल कार्यान्वयन नगर्न अस्थायी शिक्षक संघर्ष समितिले शिक्षा विकास तथासमन्वय ईकाई बाँके मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विरोध पत्र पठाएको हो ।
सेवा सुविधा र स्वत अवकाश भएको सुचना तथा निर्देशन प्रत्येक जिल्लामा भएता पनि अस्थायी शिक्षक संघर्ष समिति र अस्थाई शिक्षकहरुले घोर भत्सर्ना समेत गरेका छन् । यसका साथै सेवासुविधा यस सरकारले उपलव्ध नगराए सम्म आफ्नो संघर्ष जारि रहने अस्थायी शिक्षक संघर्ष समिति बाँकेका अध्यक्ष सिताराम बर्माले बताए ।
संघर्ष समितिका दिपलता जिसीका अनुसार उक्त विरोध पत्रमा सरकारले कार्यरत अस्थायी शिक्षहरुलाई अवकास दिने र विचल्लीमा पारि अस्थाई शिक्षकहरुलाई धोका दिई उनिहरुको भविष्यसँग खेलवाड गर्ने जस्ता कार्यको घोर भत्सर्ना गरिएको छ ।

Next Post

दैलेखको शिरिस्थानमा मिथेन ग्यास उत्खनन् गरिने

१३ चैत्र २०७५, बुधबार १४:४६
सदरलाइनडटकम, दैलेख : पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको […]