नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर ३ (१) लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले चालु आर्थिक वर्षमा विनियोजना भएका योजनाहरुको कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका छन् ।
बाँके क्षेत्र नम्बर ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य खत्रीले आईतबार सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जमा पुगेर कार्यालय प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर ललितबहादुर न्यौपानेसँग सडक र पुलका योजना बारे जानकारी लिएर तत्काल काम सुरु गर्न आग्रह गरे ।
यसैगरी प्रदेशसभा सदस्य खत्रीले आईतबार नै सहरी विकास तथा भवन कार्यालय पुगेर वस्ती विकाससँग सम्बन्धित योजनाको कार्यान्वयनको बारेमा निमित्त कार्यालय प्रमुख ईञ्जिनियर राम आशिष दाषसँग जानकारी लिएका छन् ।
सो अवसरमा दुवै कार्यालयका प्रमुखहरुले योजनाको टेण्डर प्रक्रिया सुरु भएको छिट्टै टेण्डर सकेर कार्यान्वयनमा जाने जानकारी दिए । प्रदेश सभा सदस्य खत्रीले योजना छनौंट मात्रै नभई कार्यान्वयन महत्वपूर्ण भएको भन्दै योजना कार्यान्वयनमा जटिलता भए सहजिकरण आफुले गर्ने बताए ।