सदरलाइनडटकम,
दाङ : भरतबाट पैसा चोरेर फरार दाङका एक व्यक्ति पक्राउ परेका छन् । भारतको हरियाणाबाट चोरी गरी फरार रहेका घोराही उपमहानगरपालिका–१२ रतनपुर टिकरीका बिशाल भन्ने गोकर्ण बहादुर विक पक्राउ परेको प्रहरीले बताएको छ । विकलाई १३ लाख ९१ हजार १ सय ७० रुपैंया भारतीय र ७७ हजार नेपाली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
विकले भारतको हरियाणा राज्यको चरसीदादरी जिल्ला स्थित घरेलु काम गर्न बसेकै घरबाट सो रकम चोरी गरेर लिएको बताइएको छ । विकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


