२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

आधुनिक उपकरणसहित ‘निदान डाईगोनोष्टिक हेल्थ केयर’ सञ्चालनमा ल्याईदै



सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जमा आधुनिक स्वास्थ्य प्रयोगशाला सचालनमा ल्याईने भएको छ । निदान डाईगोनोष्टिक हेल्थ केयर प्रालिले ३ करोड बढीको लगानीमा नेपालगञ्जको पासाङ्गल्हामु मार्गमा सो प्र्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो ।

सो डाईगोनोष्टिक सेन्टर नेपालगञ्जमा सेवा दिई रहेका भन्दा आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशालाको रुपमा सञ्चलनमा ल्याउने तयारीमा रहेको संचालक शिशिर सापकोटाले जानकारी दिए ।

उनले भने–‘स्वास्थ्य ल्यावको सबै सेवा नेपालगन्जमा उपलब्ध नहुने गरेको तथ्यलाई आत्मसाथ गर्दै नेपालगञ्जमै पनि सुविधा युक्त सेवा थोरै शुल्कमा दिने उद्देश्यले निदान डाईगोनोष्टिकको स्थापना गरेका हौ ।’

निदानमा स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा अन्तराष्ट्रिय मान्यता पाएको प्रयोगशालाका विभिन्न खालका आधुनिक उपकरणबाट बिरामीको हार्मोन, भिटामिन, क्यान्सर, कल्चरसहित नियमित स्वास्थ्य परिक्षण गरिने सञ्चालक सापकोटाले जानकारी दिए ।

मंसिरको पहिलो हप्ताबाट सञ्चालनमा ल्याउने तयारीमा रहेको निदान डाईगोनोष्टिकले स्वास्थ्य परिक्षणको लागि भारतका विभिन्न शहर तथा काठमाण्डौ धाउन नपर्ने गरि सेवा दिने दाबी गर्दै उनले भने–‘अब स्वास्थ्य परिक्षणको लागि लखनउ र काठमाण्डौ जानै नपर्ने गरी समय र पैसा दुबै बचत हुनेगरी सेवा दिने छौ ।’

प्रकाशित मिति : २०७६ कात्तिक ३० गते शनिबार
ताजा समाचार