सदरलाइनडटकम,
जुम्ला : जुम्लाको कालेखोलीमा रहेको एउटा ३ तले घरमा भीषण आगलागी हुँदा लखौँको क्षति भएको छ । जिल्ला सदरमुकामस्थित चन्दननाथ नगरपालिका २ कालेखोलीमा आइतवार मध्याह्न १२ बजे स्थानीय विष्णु भण्डारीको घरमा आगो लाग्दा लाखौंको क्षति भएको हो । आगलागीको कारण खुलेको छैन ।
आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रको लत्ताकपडा, अन्नपात, भाडाकुडा सबै जलेर नष्ट भएको प्रहरीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक नविन वलीले बताए । स्थानीयवासी, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलको सहायताले एक घण्टापछि आगो नियन्त्रणमा आएको हो ।
