बाँकेमा आइतवार ११ संक्रमित थपिए, १४ डिस्चार्ज

सदरलाइन संवाददाता ६ भाद्र २०७८, आईतवार १६:१२
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७२ नमुना परिक्षण गर्दा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ९९ पुगेको छ ।


यस्तै आइतवार १४ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ५० पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १६६ रहेको ओलीले बताए । सिकिस्त बिरामी २१ जना छन भने मध्यम बिरामी २९ जना रहेका छन् । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार देशभरी रक्षाबन्धन, जनै पूर्णिमा पर्व मनाइँदै

६ भाद्र २०७८, आईतवार १६:१२
नेपालगञ्ज : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आइतवार देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत […]