सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग रहेको ‘रोटीबेटी’ को सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशसँगै जोडिएको उत्तराखण्डबासीलाई सोमवार सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।
उत्तराखण्डको पिथौरागढ हुँदै नेपालस्थित दार्चुलाको करीब ३० किलोमिटर भूमि हुँदै खनिएको सडक गत मे महिनामा उनलेनै उद्घाटन गरेपछि बढेको विवादका सन्दर्भमा सिंहको पछिल्लो भनाई आएको हो ।
सिंहले उत्तराखण्ड जन संवादमा जनतालाई सम्बोधन गर्दै नेपालसँग अहिले देखिएको विवादलाई वार्ताबाटै टुंगोमा पुर्याउने जानकारी दिएका छन् ।
