सोह्रदिने अभियानअन्तर्गत खजुरामा विभिन्न कार्यक्रम

९ मंसिर २०७६, सोमबार १६:४४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा विभिन्न कार्यक्रम गरिँदैछ । गाउँपालिका र हरेक वडामा ‘समानताको पुस्ता, बलात्कारबिरुद्ध ऐक्यबद्धता’ भन्ने राष्ट्रिय मूल नारा लेखेको व्यानर र व्याच सार्वजनिक गर्दै कार्यक्रमको शुरुवात गरिएको हो ।
अभियानका अवसरमा सोमवार बेलुका खजुरामा रहेका ८ वटै वडाका सार्वजनिक चौकहरुमा दीप प्रज्वलन गरिने खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिए । लैगिंक हिंसाबिरुद्ध १६ दिने अभियानलाई सफल बनाउन खजुराबासीलाई आव्हान गरिएको जानकारी दिँदै सहायक महिला विकास निरीक्षक न्यौपानेले लैगिक हिंसा सामाजिक र कानूनी अपराध हो, शारिरीक, मानसिक वा मनोवैज्ञानिक, भौतिक र सामाजिकरुपमा कानून विपरीत कार्य कसैले पनि गरेमा दण्ड सजायको भागेदार बन्नु पर्ने सन्देशलाई पनि चौक तथा सार्वजनिक ठाउँहरुमा प्रवाह गरिने बताए ।
उनले सभ्य र समतामुलक समाज निर्माणका लागि लंैगिक हिंसा नगरौं र हिंसा हुनबाट रोकौं भन्ने कुराको बोध गराउन १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरिने जनाए । उनका अनुसार किशोर संजालले हरेक वडाका एक सामुदायिक विद्यालयमा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गर्ने, वडाहरुमा लैंगिक हिंसाविरद्धका सूचनाहरु प्रवाह गर्दै नागरिकलाई सचेत पारिने तथा सम्बद्ध संस्थाहरुको सहकार्यमा अन्य कार्यक्रम पनि सार्वजनिक गरिने छ ।

Next Post

बाँकेमा गरियो नमुना मतदान

९ मंसिर २०७६, सोमबार १६:४४
सदरलाइनडटकम, कोहलपुर (बाँके) : नेपाल युवा संस्था संजाल (आयोन) तथा जिल्ला युवा क्लब संजाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा निर्वाचनका लागि नागरिक सचेतना कार्यक्रमअन्तर्गत बाँकेको कोहलपुर वडा नं. ६ मा हुन गईरहेको उप–निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षाबारे अभिमुखिकरण तथा नमूना मतदान गरिएको छ । ७० जनाको सहभागिता […]