सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु, आठ घाइते

२८ कार्तिक २०७६, बिहीबार १७:५०
 

सदरलाइनडटकम,
सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् । उनीहरुको अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
सल्यानको फलाबाँगबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ज ४३२ नम्बरको जीप बडागाँउ नजिकै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुने सबै एउटै वडाका रहेका छन् । घाइते हुनेमा जीप चालक २८ वर्षीय सन्दीप परियार, २३ वर्षीया रिता रावत, ८ वर्षीया ज्योती रावत, ५५ वर्षीया सावित्री खत्री, २२ वर्षीया तारा थापा, २३ वर्षीया मोती रावत, २१ वर्षीया राधा बोहरा र तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ की २८ वर्षीया डिला बुढा रहेका छन् ।
घाइते सबै जनाको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भई रहेको र चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

Next Post

भलिबलमा नेपाललाई ऐतिहासिक जीत

२८ कार्तिक २०७६, बिहीबार १७:५०
सदरलाइनडटकम, काठमाण्डौ : नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको हो । ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले […]