सोमवार जनयुद्ध दिवस मनाईंदै, सार्वजनिक बिदा

सदरलाइन संवाददाता १ फाल्गुन २०७९, सोमबार १३:१४
 

नेपालगञ्ज : आज माओवादीले सशस्त्र युद्धको सुरुवात गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । शान्ति प्रक्रियापछि माओवादीले पटक(पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले सोमवार सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् ।


सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । दिवसका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व रेडियो दिवस : आर्थिक सङ्कटको असर रेडियोमा पनि

१ फाल्गुन २०७९, सोमबार १३:१४
नेपालगञ्ज : सोमवार विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विक्रम संवत् २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो […]

सम्बन्धित