नेपालगन्ज कप क्रिकेटको अक्सन : कस्लाई कति रकम ?

२० चैत्र २०७४, मंगलवार १८:५२
 


सदरलाइनडटकम
२० चैत, नेपालगन्ज :  नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको टीम अक्सनमा बा“के ब्लास्टर सबैभन्दा महंगो टीमकारुपमा बिक्री भएको छ । मंगलबार नेपालगन्जमा भएको अक्सन अर्थात बोलकबोलमा बा“के ब्लास्टरलाई अन्नपूर्ण ग्रुप बाँकेले २ लाख ४० हजार रुपैयामा खरिद गरेको हो ।
त्यस्तै बर्दिया टाईगर्स दोस्रो महंगो टीमकारुपमा बिक्री भएको छ । बर्दिया टाईगर्स १ लाख ७० हजार रुपैयामा बिक्री भयो । बर्दिया टाईगर्सलाई एभरोल अर्घाखाँचीले १ लाख ७० हजार रुपैयामा खरिद गरेको हो । लुम्बिनी यात्रीजलाई जीसानले १ लाख ५० हजार रुपैयामा खरिद गर्दा रोल्पाली गोरिल्लाजलाई मध्यपश्चिम क्रिकेट क्लबले १ लाख ३० हजारमा खरिद ग¥यो । १ लाख ३० हजार रुपैयाँमै दंगाली गोर्खाज पनि बिक्री भयो । दङगाली गोर्खाजलाई काठमाडौंको पाण्डा ईभेन्ट्सले खरिद ग¥यो । सबैभन्दा कम मुल्य अर्थात १ लाख १० हजार रुपैयामा पाल्पा योद्धाज बिक्री भयो । नेपालगन्जस्थित आर्शिवाद पेन्ट्सले पाल्पा योद्दाज खरिद गरेको हो । सबै टीममा विभिन्न उमेर समूहमा राष्ट्रिय टीमबाट प्रतिनिधित्व गरिसकेका खेलाडीहरु सहभागि छन् । अक्सनमा न्यूनतम ५० हजार रुपैयँ टीमको मूल्य निर्धारण गरिएको थियो । नेपालमै पहिलोपटक अक्सन प्रणालीबाट टीम किनबेच गरी नेपालगन्ज कप क्रिकेट प्रतियोगिता आयोजना हुन गईरहेको हो । बैशाख ३ गतेदेखि १२ गतेसम्म कोहलपुरस्थित प्रस्तावित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने पाँच नम्बर प्रदेश स्तरीय प्रतियोगितामा ६ वटा टीम सहभागि छन् । आयोजक ग्रीन ईभान्टोका प्रबन्ध निर्देशक अक्सन पूर्णरुपमा सफल भएको भन्दै अक्सनमा सहभागि सबै व्यक्ति, समूह र संस्थालाई धन्यवाद दिएका


छन् ।

Next Post

लक्ष्मणपुर बाँधको समस्या बारे भारतसंग कुरा गर्न माग

२० चैत्र २०७४, मंगलवार १८:५२
सदरलाइनडटकम २० चैत, नेपालगन्ज ः २० चैत, नेपालगन्ज  :  नेपाल—भारत अन्तर्रा्ष्ट्रिय सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव आएको छ । सिमानामा आफूहरुले भोग्नु परेका समस्या समाधानका लागि प्रभावित पक्षले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यही चैत २३ गतेदेखि […]