टिकटक बनाउने क्रममा युवकको ज्यान गयो

सदरलाइन संवाददाता ६ पुष २०७७, सोमबार १६:३९
 

नेपालगञ्ज : पश्चिम दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।


ती युवाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमवार बिहान मृत्यु भएको हो । शनिवार दिउँसो दुई बजेतिर बबई गाउँपालिका वडा नं ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।

Next Post

घेराबन्दीले संसद् विघटन गर्नु परेको प्रधानमन्त्रीको भनाई

६ पुष २०७७, सोमबार १६:३९
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुले सरकारविरुद्ध घेराबन्दी गरेर काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन्। नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुको जनअपेक्षा विपरीत कार्य भएको भन्दै उनले राष्ट्रिय राजनीतिलाई जनअपेक्षाअनुरुप अघि बढ्न नदिने […]