‘मोहम्मद डे’मा बिदा नदिएको भन्दै मुस्लिम समुदाय आक्रोशित

२४ कार्तिक २०७६, आईतवार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन ‘मोहम्मद डे’को अवसरमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बिदा घोषणा नगरी समुदाय प्रति बिभेद गरेको यहाँका मुस्लिम अगुवाहरुले आरोप लगाएका छन् ।
नेपाल हज कमिटीका सदस्य मेराज हिमालयले समुदायको महत्वपूर्ण पर्वहरुमा बिदा नदिई आफुहरुप प्रति बिभेद गरेको आरोप लगाए । जामा मस्जिद संञचालक समितिका पूर्व अध्यक्ष रहमान मियाँले राज्यका सबै सरकारले मुस्लिम समुदाय पनि देशका नागरिक हुन भन्ने हेक्का राख्न नसकेको कारण बिदा घोषणा गर्नमा कन्जुसाई गरेको बताए ।
याता समाजवादी पार्टी बाँकेले र नेपाली काँग्रेस बाँकेले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारसंग भएको २२ बुंदे सहमति र बर्तमान गृहमन्त्री, सहरी विकास मन्त्री र स्वर्गिय पर्यटन मन्त्रीको समतिले तयार पारेको विदाको सूचि बमोजिम बिदा घोषणा गर्न सरकारसंग माग गर्दै बिज्ञप्ती जारी गरेको छ ।
समाजवादी पार्टीका अध्यक्ष मोहम्मद कमरुद्दीन राईद्वारा जारी गरिएको विज्ञप्तीमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारसंग भएको २२ बुंदे सहमतिमा मोहम्मद डे मा सार्वजनिक बिदा दिने सहमति भएको जनाउँदै सो सहमति तत्काल पालना गरेर बिदा दिनु पर्ने माग गरिएको छ । सोही बिज्ञप्तीमार्फ अध्यक्ष राईले आइतवार मनाइने मोहम्मद डे को अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना समेत दिएका छन् ।

समाजबादी र काँग्रेसले बिदाको माग गर्दै निकाले बिज्ञप्ती


काँग्रेस बाँकेका सभापति किरण कोईरालाद्वारा जारी विज्ञप्तीमा मुस्लिम समुदायको पर्बहरुमा राज्यले राष्ट्रिय बिदा नदिएर उनीहरुप्रति बिभेद गरेको उल्लेख गर्दैैैै तत्काल बिदा घोषणा गर्न माग गरिएको छ ।
प्रदेश नम्बर २ को समाजवादी पार्टीको नेतृत्वमा रहेको मोहम्मद लालबाबु राउतको सरकारले मात्र मोहम्मद डे को बिदा घोषणा गरेको छ । सोही प्रकारले बाँकेको नरैनापुर गाउँपालिका लगायत केही स्थानीय सरकारले पनि बिदा दिएका छन् ।
आधा भन्दा बढी मुस्लिम समुदायको जनसंख्या रहेको नेपालगन्ज उपमहानगर पालिकाले पनि हालसम्म बिदाको घोषणा नगरेकोमा स्थानीय मुस्लिमहरुले बिरोध गरेका छन् ।
मोहम्मद डे लगायत सबै ठुला चाडपर्वलाई भव्य र सभ्य तरिकाले मनाइने नेपालगन्जमा पनि मोहम्मद डे मा उपमहानगरले बिदा नदिनु मुस्लिम समुदायप्रति भेदभाव र अन्याय गरिनु रहेको स्थानीयको भनाई छ ।
संघिय सरकार र प्रदेश सरकारले उपेक्षा गरेपनि स्थानीय सरकारले बिदा दिने आशमा रहेको जनाउँदै तर अहिलेसम्म स्थानीय सरकार पनि मौन रहेकोले स्थानीय सरकार मुस्लिम बिरोधी सरकार भएको पुष्टि भएको छ ।
यसैविच शनिवार रातभरी जाग्राम बसेर आइतवार विहान भव्य जन्मोत्सव जुलुसको आयोजना गरेर नेपालगन्जमा मोहम्मद डे मनाइएको फैजुन्नबी जामा मस्जिद ईदगाह सञ्चालक समितिका महासचिव मोहम्मद ईर्फान सिद्दिकीले बताए ।

Next Post

बाघको आक्रमणमा परेर महिलाको मृत्यु

२४ कार्तिक २०७६, आईतवार १८:३२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : दाउरा लिन जंगल गएकी एक महिलाको बाँकेमा पाटेबाघको आक्रमणमा परेर ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार सो घटनामा परी कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षिया काली बस्नेतको पाटेबाघको आक्रमणमा परेर ज्यान गएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक […]

सम्बन्धित