सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर कृषि हाट बजार नजिकै एक ब्यक्तिको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा पर्ने कृषि बजार नजिकै अन्दाजी ५४ वर्षीय कुले दमाई मृत अवस्थामा फेला परेका हुन् । स्थायी घर सुर्खेत भएका दमाई बिगत केही समयदेखी कोहलपुर बस्दै आएका थिए ।
कृषि बजार नजिकै खुल्ला चौरमा लुगा सिलाउने काम गर्दै आएका दमाईको मृत्युको कारण खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चौर नजिकै रहेको सानो खाडलमा डुबेको अवस्थामा दमाईको शव भेटिएको थियो । मृतक दमाई कोहलपुर नगरपालिका वडा नं. १० ड्राईभरटोलमा आफ्नो दाईसँगै बस्दै आएका थिए ।


