२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

धारा नेपालगञ्ज म्याराथनलाई निदानको साथ



सदरलाइनडटकम,
नेपालगञ्ज : आगामी शनिबार नेपालगञ्जमा आयोजना हुने धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणदेखि साझेदार थपिने क्रम जारी छ ।

सो प्रतियोगितासंग लामो यात्राका लागि निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टरले पनि दुई बर्षे सहकार्यको सम्झौता गरेको छ ।

त्यसलाई निरन्तर सहकार्य गर्ने निदान डायग्नोस्टिक एण्ड हेल्थ सेन्टरको प्रबन्धनिर्देशक सन्दिप पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

यसपाली मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन आयोजना गर्न लागेको क्रिएटिभ ह्याण्ड्सले जनाएको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको हो ।

निदानले म्याराथनमा विजयी सम्पुर्ण खेलाडीहरुको निशुल्क सम्पुर्ण शरिरको चेकजाँचको सुविधा गर्नेछ ।

त्यसैगरी सम्पुर्ण सहभागिहरुलाई पनि बिशेष छुटको सेवा प्रदान गरेको छ । बिभिन्न उमेर समुहमध्ये ६० बर्षमाथिकालाई पचास प्रतिशत, ४० देखि ५९ बर्ष उमेरसम्मलाई ४० प्रतिशत र ४० बर्षसम्मलाई २५ प्रतिशत छुट दिनेछ ।

म्याराथन आयोजक र संलग्न अफिसियलका लागि पनि यो सेवा लागु हुनेछ ।

प्रकाशित मिति : २०७६ मंसिर ४ गते बुधबार
ताजा समाचार