फौजिकिरा नियन्त्रणको लागि शहरी विकास मन्त्री राईले केन्द्रबाट पहल गर्दै

३० आश्विन २०७६, बिहीबार १९:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँकेमा गत असोज १९ गतेदेखि धानबालिमा फैलिएको फौजिकिराको प्रकोप नियन्त्रण बाहिर गएपछि नियन्त्रणको लागि शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले कृषि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
गत असोज १९ गतेदेखि फैलिएको फौजिकिराले बाँकेमा मात्र ५ सय हेक्टर बढी धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि रोकथामको लागि कृषि ज्ञान केन्द्र बाँकेले पहल सुरु गरेपनि नियन्त्रण बाहिर रहेको छ । हालसम्म सयौ मेट्रिकटन धान उत्पादनकै क्रममा फैजिकिराले नोक्सानी गरेको छ ।
शहरी विकास मन्त्री राईले बाँकेका विभिन्न स्थानीय तहमा सयौ हेक्टरमा लगाईएको धान खेतीमा फैलिएको फैजिकिराको कारण सयौ मेट्रिकटन धान उत्पादनमा ह्रास आएको जानकारी गराउदै नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गरेको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा, डुडुवा गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा तथा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १९ मा फौजी किराले धान काटेर नोक्सानी पुराएको छ ।
घर भित्र्याउने बेलाको धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित भएका किसानहरु फौजिकिराको प्रकोपबाट आफ्नो खेती जोगाउन कृषि ज्ञान केन्द्रको सल्लाह अनुसार विभिन्न उपायहरु अपनाउन सुरु गरेपनि नियन्त्रणमा आउन नसक्दा उनीहरु निरास रहेका छन् । बाँकेमा ५सय बढी हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं.३,४,५,६ र ७, डुडुवा गाउँपालिकाको वडा नं. ४,५ र ६ तथा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १९ मा फौजी किराले धान काटेर नोक्सानी पुराएको जानकारी दिए । उनले बाँकेसँगै बर्दियाका केही स्थानमा पनि फौजी किराको प्रकोप फैलिन थालेको बताए । कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा प्रति हेक्टर ४ मेट्रिकटन धान फल्ने तथ्याङ्क रहे अनुसार बाँकेमा हाल फैजिकिराको प्रभाव रहेको ५ सय हेक्टरको २ हजार मेट्रिकटन धान उत्पादनमा ह्रास आउने देखिएको छ । फौजी किराको प्रकोप देखिन थालेपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएका छन् । फौजी किरा फैलने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न कठिनाई भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।

Next Post

बाँकेको कोहलपुरमा मनाईयो आठौ अन्तराष्ट्रिय बालिका दिवस

३० आश्विन २०७६, बिहीबार १९:३६
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : ‘बालबिबाह अन्त्य गरौ’ भन्ने मुल नाराका साथ आठौँ अन्तराष्ट्रिय बालिका दिवस बाँकेको कोहलपुरमा मनाईएको छ । बाँकेका ८ वटै स्थानीय तह र जिल्ला समन्वय समिति बाँकेको आयोजना सम्पन भएको सो कार्यक्रममा प्रभातफेरीसंगै ‘म बालबिबाह उन्मूलन गर्न प्रतिबद्ध छु’ हस्ताक्षर अभियान, बालबिबाह बिरुद्ध सचेतना सम्बन्धी सडक नाटक, […]