बाँकेको कोहलपुरमा मनाईयो आठौ अन्तराष्ट्रिय बालिका दिवस

१ कार्तिक २०७६, शुक्रबार १६:३९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  : ‘बालबिबाह अन्त्य गरौ’ भन्ने मुल नाराका साथ आठौँ अन्तराष्ट्रिय बालिका दिवस बाँकेको कोहलपुरमा मनाईएको छ ।
बाँकेका ८ वटै स्थानीय तह र जिल्ला समन्वय समिति बाँकेको आयोजना सम्पन भएको सो कार्यक्रममा प्रभातफेरीसंगै ‘म बालबिबाह उन्मूलन गर्न प्रतिबद्ध छु’ हस्ताक्षर अभियान, बालबिबाह बिरुद्ध सचेतना सम्बन्धी सडक नाटक, कथा वाचन र बालिकाहरुले आफुहरु माथि आयको परिबर्तनका बारेमा प्रस्तुत गर्नुका साथै सरोकारवाला संग बालिका संबाद कार्यक्रम समेत गरिएको थियो ।
बालिका सशक्तिकरण र उनीहरुको मानवअधिकारको प्रबद्र्धन गर्न, संसार भरका बालिकाहरुले सामाना गर्नु परिरहेको चुनौतीविरुद्ध आवाज उठाउने उद्देश्यका साथ बाँकेको कोहलपुमा बालिका दिवस मनाईएको हो ।
शिक्षा, लैंगिक असमानता, बालबिबाह, प्रजनन स्वास्थ्यमा पहुँच र बाल तथा लैङ्गिक हिंसा आदि कुराहरुको चुनौती बढ्दै गयको अबस्थामा बालिकाहरुलाई अगाडि बढाउन फलामको चिउरा चापाउनु जस्तै भएको सहभागीहरुको भनाई रहेको थियो । ¥यालीमा सहभागीहरुले प्लेकार्ड सहित बालबिबाहको उन्मूलनका लागी नारा लगाउँदै नगर परिक्रमा समेत गरेका थिए ।
बाँके जिल्लामा १९ बर्ष मुनि बिबाह गर्नेको संख्या बालिकामा ८०.७८ प्रतिशत रहेको छ भने १९ बर्ष मुनिका बालकको संख्या ६०.९२ प्रतिशत रहेको कार्यक्रममा एक प्रतिबेदन समेत सार्वजनिक गरीएको थियो ।
बाँके जिल्लामा सबै भन्दा बढी बालबिबाहको चुनौती बढ्दै गएको र यसलाई समाधान गर्न सबै पक्ष एक भएर लाग्न समेत जोड दिदै कार्यक्रममा अतिथि कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत ले बताए । भने अन्य अथितिमा ८ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागीता रहेको थियो ।
कार्यक्रमको समन्वय सहकार्य बाँकेमा कृयाशिल संघसंस्थाहरु प्लान इन्टरनेसनल नेपाल, रुम टु रिड (पढ्नको लागि कोठा), स्याक नेपाल बाँके, बि ग्रुप, उद्योग बाणीज्य संघ कोहलपुर, बैंक तथा बित्तिय संस्थाहरु लगायत बिभिन्न बिद्यालयका बालबालिकाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको प्रभात फेरी कोहलपुर नगरपालिकाबाट सुरु भएर बजार परिक्रमा गर्दै कार्यक्रम स्थलमा गई समापन भएको थियो । कार्यक्रमका अध्यक्षता जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले गरेका थिए ।

Next Post

नेपालगञ्ज इजलाशका न्यायाधीश शाही बर्खास्त

१ कार्तिक २०७६, शुक्रबार १६:३९
सदरलाइनडटकम, नेपालगञ्ज : उच्च अदालत नेपालगञ्जका न्यायाधीश नरबहादुर शाहीलाई बर्खास्त गरिएको छ । न्यायपरिषद्ले क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको मुद्दा सुनुवाई गरेको ठहर गर्दै न्यायाधीश शाहीलाई बर्खास्त गरेको हो । उनलाई उच्च अदालत पोखरामा कार्यरत रहँदा गोर्खा ब्रुअरीको राजस्व विवादसम्बन्धी एक रीटमा क्षेत्राधिकार भन्दा बाहिर गएर सुनुवाई गरेको आरोप लागेको थियो […]