लागुऔषध बोकेका शिक्षकसहित चारजना पक्राउ

सदरलाइन संवाददाता २७ श्रावण २०७८, बुधबार १५:३२
 

जाजरकोट : हप्ता दिनभित्र जाजरकोटमा शिक्षक र भारतीय नागरिकसहित चारजना लागुऔषध कारोबारी पक्राउ परेका छन् । बुधवार बिहानमात्र भेरी नगरपालिका–२, डिगाका ५० वर्षीय चक्रबहादुर थापा र वडा नं ४ का विजय भारतीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार पनि लुकाइछिपाइ अवैधलागु औषध चरेस लिन थालेका एक भारतीयसहित दुई जनालाई जाजरकोट प्रहरीले बसपार्कबाट पक्राउ गरेको थियो ।

भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ वर्षीय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० वर्षीय उबेद खान सदरमुकामस्थित शान्तिचौतारा बसपार्कबाट एक केजी चरेससहित पक्राउ परेका हुन् ।


उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा थापा र भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

थापा कालिका आधारभूत विद्यालय डिंगाका शिक्षक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्त

२७ श्रावण २०७८, बुधबार १५:३२
काठमाण्डौ : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले बुधवार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । […]