राप्तीसोनारीमा क्षयरोग उपचार केन्द्र सञ्चालन गरिने

सदरलाइन संवाददाता २० फाल्गुन २०८०, आईतवार १७:३२
 

नेपालगञ्ज : पश्चिम नेपालका तीन वटा प्रदेशका क्षयरोगका बिरामीलाई लक्षित गरेर बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गरिने भएको छ ।

बाँकेको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको हो ।

राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ । ढकेरीस्थित गणेश माध्यमिक विद्यालयले संरक्षण गर्दै आएको करिब दुई विगाह जमिन उपलब्ध गराएपछि क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी सुरु भएको राप्ती सोनारी गाउँपालिका–९ का वडाअध्यक्ष सोहनलाल थारुले जानकारी दिए । उनले क्षयरोग उपचार केन्द्रको भवन निर्माणको लागि वडा कार्यालय र विद्यालयले जमिन उपलब्ध गराएपछि अव निर्माणको काम शुरु गरिने बताए ।

सरकारले गैरसरकारी संस्था टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगन्जमा भाडाको घरमा क्षयरोग अस्पताल सञ्चालन गर्दै आएको छ । जग्गा नहुँदा यसअघि क्षयरोग अस्पताल निर्माणको लागि सरकारले छुट्याएको बजेट पटकपटक फिर्ता हुँदै आएको थियो ।


क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको नाममा दुई विघा जमिन प्राप्त भइसकेकाले अब भवन निर्माण शुरु हुने टीबी नेपाल क्षयरोग प्रेषण केन्द्र नेपालगञ्जका प्रबन्धक हिक्मतबहादुर खड्काले बताए ।

उनले भवन निर्माणको लागि लुम्बिनी प्रदेश सहरी विकास मन्त्रालयले नौ करोड २४ लाखको बोलपत्र आह्वान गरेर निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको बताए । सो भवनमा तत्कालको लागि २५ श्ययाको क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन गरिनुका साथै बिरामीको लागि आवासीय छात्रावासको समेत व्यवस्था हुनेछ ।

बिस्तारै स्तरोन्नति गर्दै लैजाने योजना रहेको खड्काले बताए । अहिले सरकारको सार्वजनिक निजी साझेदारी नीतिअनुसार गैरसरकारी संस्था टिबी नेपालसँगको सहकार्यमा नेपालगञ्ज–४ सल्यानीबागमा क्षयरोग प्रेषण केन्द्र सञ्चालन हुँदै आएको छ ।

भाडाको भवनमा सञ्चालित प्रेषण केन्द्रमा ४५ शय्यामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको प्रवन्धक खड्काले बताए । प्रेषण केन्द्रमा ३५ देखि ४० बिरामी नियमितरुपमा उपचार प्रक्रियामा रहँदै आएको उनको भनाइ छ । “टिबी परीक्षणका लागि चाहिने उपकरण भए पनि उपकरण राख्ने कोठा छैनन् । बिरामीका कुरुवा बस्ने ठाउँ छैन । शौचालय र पार्किङ व्यवस्थित छैन । अस्पताल सञ्चालनका लागि चाहिने कुनै पनि मापदण्ड पूरा भएको छैन“, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगरसहित २ जना पक्राउ

२० फाल्गुन २०८०, आईतवार १७:३२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१० भृकुटिनगर बस्ने ४३ वर्षीय बिकाश पौडेल र ३६ वर्षीय राजिव कुमार कर्ण रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको […]