सदरलाइनडटकम,
नेपालगञ्ज : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गुरुनानक जयन्तीले काठमाण्डौदेखि भारतको पञ्जावसम्मका लागि शुरु गरेको शोभायात्राको टोलीलाई शनिवार नेपालगञ्जमा स्वागत गरेका छन् ।
सो अवसरमा मन्त्री राईले संविधानले सबै धर्मावलम्बीहरुलाई समानताको अधिकार दिएको भन्दै विविधतायुक्त मुलुक भएका कारण यहाँ धार्मिक विशिष्टता रहेको बताए । यहाँ विभिन्न धर्मका मानिस बस्छन, सयबढी भाषाभाषी बोलिन्छ, मन्त्री राईले भने,– भौगोलिकरुपमा तराई, पहाड, हिमाल र मधेश भएपनि सबै मिलेर बसेका छन । मन्त्री राईले नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ ।


