२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

५५०औं श्रीगुरूनानक जयंती (प्रकाशपर्व) सदभाव एकताको संदेश दिन्दै नेपालगञ्जमा धूमधामका साथ



सदरलाइनडटकम,
नेपालगञ्ज : शिख समुदायका प्रवर्तक श्रीगुरुनानकको ५५०औ प्रकाश वर्ष जन्मजयन्तीको लागि काठमाण्डौको बालाजु नानक मठबाट नेपालगञ्ज आई पुगेको शोभायात्रालाई ओमकार परिवारका अध्यक्ष दीपक लोध तथा नेपाल मुहर्रम समिति अध्यक्ष मेराज अहमद हिमालय, समाजसेवी रहमान मिया संविधान सभा सदस्य अब्दुल हमीद सिद्दीकी, मौलाना कलीम आरफी, मोहम्मद सारिक, हाजी कदीर अंसारीलगायत हिन्दु मुस्लिम समुदायका अगुवाहरूले नेपालगञ्जको सदरलइन त्रिभुवन चोकमा, रातो कार्पेट बिछाई फुलमाला गौंछा लगाई, सम्मान तथा स्वागत गरेका छन् ।
सो शोभायात्रालाई सम्मान तथा स्वागतका साथै विभिन्न देशहरूबाट शिख धर्मगुरु पहुनाहरूलाई, फलफूल तथा पानी बोतल समेत बितरण, कार्यक्रम संयोजक लोध र हिमालयद्वारा गरिएको थियो ।
बाँकेको नेपालगञ्जलाई समाजिक तथा अन्तर धार्मिक सद्भावको शहरको रुपमा चित्रण गर्नको लागि आफुहरु लागि परेको उनीहरुको भनाई छ । सबैको धर्म, संस्कृति र रीति रिवाजलाई सम्मान गरी पर्वलाई पर्वको रुपमा मनाउन आफुहरुको पहल रहने ओमकार परिवारका लोध र मुहर्रम कमिटीका हिमालयले एकै साथ बताए ।

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिबार
ताजा समाचार