सदरलाइनडटकम
२० जेठ, नेपालगन्ज : उच्च शिक्षा लिनको लागि अमेरिका, अस्ष्टेलिया, बृटेन जस्ता मुलुक जान चाहाने विद्यार्थीहरुका लागि आईईएलटिएस टेष्ट परीक्षाको लागि काठमाण्डौ वा भारतको दिल्ली जान नपर्ने भएको छ ।
नेपालस्थित ब्रिटिस काउन्सीलले लिदै आएको सो परीक्षाको दर्ता र परीक्षा नेपालगन्जमा नै संभव भएको ग्रेस एकेडमी नेपालगन्ज प्रा. लि. का रामबिचारी थारुले जानकारी दिए ।
उनले भने–‘आईईएलटिएस को रजिष्ट्रेशन र परीक्षा सेन्टरको लागि अव काठमाण्डौ र दिल्ली जानु पर्दैन । नेपालगन्जमा नै परीक्षा सेन्टर हुनुको साथै परीक्षाको लागि रजिष्ट्रेशन गरिन्छ ।’ उनले नेपालगन्जको सुर्खेतरोड धम्बोझिचोक नजिकै रहेको ग्रेस एकेडमी नेपालगन्ज प्रा. लि.ले तयारी कक्षा समेत सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनले आगामी २४ जुन र २९ जुलाईमा परीक्षाको लागि ब्रिटिस काउन्सीलले मिति तोकेको जानकारी दिदै भने–‘पहिलो पटक नेपालगन्जमा आईईएसटिएसको परीक्षा हुँदै छ । अहिले ग्रेसमा नै ३० जना तयारी कक्षामा बसेका छन् । अन्य ईन्सीच्यूटबाट पनि विद्यार्थीहरु आउदा ८० देखि सयको हाराहारीमा पुग्ने हाम्रो अनुमान छ ।’