मेची महाकाली अभियानमा ५० हजार जनता नेपालगन्जमा उतार्ने एमाले बाँकेको तयारी

१८ फाल्गुन २०७३, बुधबार १२:१७
 

सदरलाइनडटकम  १८ फागुन, नेपालगन्ज : ‘मेची–महाकाली राष्ट्रिय अभियान’ अन्र्तगत चैत १ गते नेपालगन्जमा हुने जनसभामा ५० हजार नेता कार्यकर्ता उतार्ने नेकपा एमाले बाँकेले दाबी गरेको छ ।
बुधवार एमाले बाँकेले नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा पार्टी अध्यक्ष अशोक कोइरालाले सो जनसभामा ५० हजार नेता, कार्यकर्ता, शुभेच्छुक उतार्ने लक्ष्य सहित अहिले घरदैलो अभियान सन्चालन भइरहेको जानकारी दिए ।
‘नेपालगन्जमा हालसम्मकै ठूलो जनसभा गर्दैछौ । त्यसको तयारी पनि तिब्ररुपमा भइरहेको छ–’ अध्यक्ष कोइरालाले भने,–‘अहिले सम्पूर्ण नेता कार्यकर्ताहरु जनसभामा निम्तो गर्न घर–घर पुग्नु भएको छ ।’ जनसभामा अध्यक्ष केपी ओली लगायत सम्पूर्ण बरिष्ठ र केन्द्रीय नेताहरु आउने भएकाले पनि नेता कार्यकर्ताहरुको उल्लेखिय सहभागि हुने कोइरालाको भनाई छ ।
संविधान कार्यान्वयनक लागि निर्वाचन, राष्ट्रियत एकता र सद्भावका लागि मेची महाकाली अभियान भन्ने नारा सहित फागुण २१ गते कांकडभिटबाट अभियानाको शुरुवात हुदैछ । चैत १ गते नेपालगन्जको रामलिला मैदानमा जनसभा सुरु हुनु अघि अध्यक्ष केपी शर्मा ओली लगायतका बरिष्ठ नेताहरुलाई महेन्द्र राजमार्गमा पर्ने शिवखोलामा पुगेर स्वागत गरी ल्याइने छ ।
उनले बाँकेका एमालेजनहरु जनसभामा निम्तो दिनका लागि दैनिक जसो जनताका घरमा पुगिरहेको बताए । अभियानका बारेमा अवधि, थारु लगायतका मातृभाषामा लेखिएका पर्चा पम्पलेट समेत बितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबलको उपधी पुनः रेल्वेको पोल्टोमा

१८ फाल्गुन २०७३, बुधबार १२:१७
सपना विष्ट/सदरलाइन        १८ फागुन, नेपालगन्ज : चौथो प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगिताको उपाधी भातीय रेल्वे टीमले आफ्नो पोल्टोमा पार्न सफल भएको छ । साबिक बिजेता समेत रहेको रेल्वेले साबिकै उपबिजेता सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० को सेटमा हराउदै उपाधीमाथि दोस्रोपटक कब्जा जमाएको हो । बुधवार भएको फाइनल […]

सम्बन्धित