संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष लामाले सहभागिता जनाउदै

सदरलाइन संवाददाता २१ भाद्र २०८१, शुक्रबार १८:५९
 

नेपालगञ्ज : सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क राष्ट्रका पत्रकारहरुको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएका छन । महासभा आगामी सेप्टेम्बर १० तारिकदेखि राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सुरु हुँदै छ ।

अध्यक्ष लामले संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा सेप्टेम्बर २० र २१ तारिकमा आयोजना हुने सो महासभामा सहभागिता जनाउदै दक्षिण एशियाली पत्रकारहरुको अवस्था, उनीहरुको भोगाई, मानवाअधिकार र शान्ति स्थापनामा उनीहरुले खेलेको भूमिकाको बारेमा जानकारी गराउने छन् ।


उनले सो समयमा हुने ‘साईडलाईन मिटिङ्ग’मा सक्रियता पूर्वक भाग लिदै समुहगत छलफलमा सार्क मूलुकमा पत्रकारले आ–आफ्नो राष्ट्रमा शान्ति स्थापना गर्न, लोकतन्त्रको रक्षा गर्दै मानवअधिकारको संरक्षणका लागि सार्क जर्नाष्टि फोरमसमेतले खेलेको भूमिकाका बारेमा जानकारी गराउने बताए ।

सो महासभाको बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनिओ गुटरेशले सम्बोधन गर्ने छन् । सार्क जर्नालिष्ट फोरममा दक्षिण एशियाली पत्रकारहरुको अधिकार रक्षाको लागि स्थापना गरिएको संस्था हो । यसको मुख्यालय काठमाण्डौ नेपालमा छ ।

One thought on “संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष लामाले सहभागिता जनाउदै

  1. नेपाली पत्रकारहरूकाे अबस्था, माैफलमा पत्रकारिता र पत्रकारको अबस्था, नेपाली पत्रकारको सुरक्षा चुनाैती, मिडिया मालिकहरूकाे दादागिरी काम गराउने तर पाश्रमिक नदिनेर गरि खाउ , चरी खाउ पत्रकारिताकाे अन्त , मिडिया काउन्सिलकाे गठनमा राज्यको माैनता लगायतका विषयमा अध्यक्ष जीले कुरा उठाउन भने अपेक्षा। संगै तराई मधेसमा कार्यरत पत्रकार र पत्रिका संग राज्य संयत्रले गरिने विभेदकाे सम्बन्धमा समेत अबधारणा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गणेश भगवानको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदै

२१ भाद्र २०८१, शुक्रबार १८:५९
नेपालगञ्ज : विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी देशभर मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज नेपालगञ्जको त्रिभुवनचोकमा गणेशको मूर्ती स्थापना गरीएको छ । भने काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश […]